सिंहदरबारमा शीर्ष नेतासँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग अहिले छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सभामुख घिमिरले छलफल गरिरहेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

जारी छलफलमा संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भैरहेको बताइएको छ । गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक शुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।

कमेन्ट गर्नुहोस्