काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक– २०८० माथि मन्त्रालयगत विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।