प्रतिपक्षद्धारा संसद् अवरोध गर्ने अड्डि, बैठक आइतबारसम्म स्थगित

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलले संसद अवरुद्ध गर्ने अड्डि कसेपछि संसद बैठक आज नबस्ने भएको हो ।

बैठकमा सत्तापक्षले आफूहरू पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए भने प्रतिपक्षले आफूहरूले उठेर पहिलेजस्तै विरोध गर्ने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने ।

सो विधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको थियो । यदि सो संसोधन विधेयक पारित भएमा मिटर व्याजीलाई कारबाहीका गर्ने बाटो खुल्ने थियो ।

कमेन्ट गर्नुहोस्