क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को क्रान्तिकारी स्ववियु काउन्सिल तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले सानोठिमि क्याम्पस भक्तपुर सभापति रेशमलाल श्रेष्ठको संयोजक, सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिम सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामालाई चयन गरेको छ ।

यसैगरी प्रदेश संयोजकहरूमा कोशी प्रदेश सिमान्त लुइँटेल ,मधेस प्रदेश जयकृष्ण यादव,बागमती प्रदेश राजेन्द्र पनेरू ,गण्डकी प्रदेश निसाना मगर,लुम्बिनी,प्रदेश हरेन्द्र विक ,कर्णाली प्रदेश हिक्मत सिंह ,सुदुरपश्चिम प्रेम सहकारी र उपत्यका विशेष प्रदेश अभिषेक थापा सहित ५७ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गर्दैं सम्पन्न भएको महासचिव दिपेस पुनले जानकारी दिए ।

स्ववियु काउन्सिल भेलालाई माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ् उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत पुगेर प्रशिक्षण दिएका थिए।

गएको चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र वागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल (क्रान्तिकारी) बाट देशभरी ८३ क्याम्पस सभापति ,३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्