समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको हृदयघातका कारण निधन

तानसेन । नेकपा (एकीकृत समाजवादी)पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द (कमल) पाण्डेयको निधन भएको छ । शुक्रबार बेलुकी बगनासकाली १, स्थित आफ्नै घरमा हृदयघात भएर उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाने क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डेयको शब हाल लुम्विनी मेडिकल कलेज प्रभासमा रहेको छ । ५२ वर्षका पाण्डेयको छोरा र श्रीमती रहेका छन् । स्वच्छ छवी र नरम स्वभावका पाण्डेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको समाजवादीका नेताहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्