समाजवादी मोर्चाको प्रथम बैठकमा वानेश्वोरमा जारी

काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी रहेका छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्