काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।