धौलीगंगाको बाँध खोल्दै भारत, महाकालीको ततिय क्षेत्रमा सतर्कता अपनाउँन अनुरोध

काठमाडौं । भारतले मंगलबार धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको हो।

‘मिति २०८०।०३ ।२६ गते विहान ५ः०० बजेदेखि २०८०।०३। २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँध ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०। ०३। २६ गते विहान ५ः०० बजेदेखि २०८०।०३ ।२६ गते बेलुकी ८ः०० बजेसम्म र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।

कमेन्ट गर्नुहोस्