पूर्वपिएलए नानू घलेद्धारा एनआएन कतार समन्वयको उपाध्यक्षमा दावी

काठमाडौं । पूर्वपिएलए तथा सामाजिक अभियान्ता नानू घले ब्लोनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३/२०२५)को लागि महिला उपाध्यक्षमा आफ्नो ससक्त दावी रहने जनाएकी छिन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (२०२१/२३)कार्यकालमा महिला संयोजकको पदिय जिम्मेवारी सम्हाली रहेकी नानू घले ब्लोन मातृसस्था घले समाज कतारका सल्लाहकार साथै लोकदोहोरी प्रतिष्ठान कतार शाखाका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकारको भुमिकामा रहेकी छिन सम्माजिक अभियान्ता घले सन २०१४ मा कतार प्रवेश गर्नु अघि नेपालमा रहँदा समेत सामाजिक काममा रुचि भएका कारण असाह्य दिनदुखीहरूलाइ सहयोग गर्ने काममा सकृय थिइन् ।

देशमा भने जस्तो स्वरोजगारिको अबसर नपाउदा देश छोडेर वैदेशिक रोजगारीका लागी कतार प्रवेश गरे पछी निरन्तर समाजिक कार्यमा सकृय रहेकी घले नारी मुक्ति र गणतन्त्र नेपाल स्थापनाका लागि एक उदाहरणीय पात्र समेत हुन गैर आवासिय नेपाली संघमा आबद्ध हुन अगाडि सामान्य श्रमिकको रूपमा कतारको एक प्रसिद्ध कम्पनिमा आवद्ध भएर सेक्युरिटी सर्भिसको कामको लागि हम्माद अन्तर्राष्ट्रिय विमानस्थल दोहामा कार्यरत थिइन् ।

घलेको परिचय सामाजिक अभियान्तामा मात्रै सिमित भने छैन २०५२ साल बाट नेपालमा १० वर्ष चलेको जनयुद्धको एक सशक्त महिला जनमुक्ति सेना पनि हुन बासु स्मृति ब्रीगेड नौ नम्बर बटालियन साथै मेडिकल डिपार्टमेन्टमा समेत कुशल जिम्मेवारी निर्वाह गरेकी थिइन् साथै २०६२/६३ सालको जनआन्दोलन सगै तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा आए पछी स्वेच्छिक अवकास रोज्दै नेपाली सेनामा समायोजन हुने अवसर त्याग्दै केही वर्ष सोही पार्टीको वाइसीएल विभागमा जिम्मेवारी लिएर चितवन कार्यक्षेत्रमा खटिइन र महिला विभाग मार्फत नेतृत्व तहमा समेत काम गर्दै राजनैतिक परिचय समेत बनाएकी छिन पार्टी भित्र उनी सुरक्षा नामले चिनिन्थिन ।

बिगत ९ वर्ष देखि कतारमा कार्यरत घले वैदेशिक रोजगारीका लागि कतार आएर श्रमिक जीवन सगै विभिन्न समस्यामा परेका पीडित महिला श्रमिकहरूको लागि निरन्तर लडिरहेकि छिन पीडित दिदिबहिनी हरु लाई उद्वार पहल गर्ने देखि आफू सगै राखेर सकुशल स्वदेश फर्काउदै आएकी घले एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारमा हाल महिला संयोजकको भुमिका निर्वाह गरिरहेकी छिन।

कार्यकाल सकिन केही हप्ता मात्रै बाकी रहदा सामाजिक अभियानलाई अझै प्रभावकारी बनाउन घलेले गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३/२५) का लागि महिला उपाध्यक्ष पदमा सशक्त दाबी रहने बताएकी छिन।

कमेन्ट गर्नुहोस्