काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ ।
असोज ६ गतेबाट सुरु हुने १९ औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको सोमवार नै बिदाइ गरेको छ।