एजेन्सी । भारतको उत्तर प्रदेशको गाजियाबादमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
स्कूल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्राप्त जनाकारीअनुसार आज बिहान विजय नगर थाना क्षेत्रको दिल्ली–मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएका थिए ।