समलिङ्गी जोडीको विवाह दर्ता गर्न जिल्ला अदालतद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतको एउटा आदेशपछि काठमाडौं जिल्ला अदालत पुगेको एक समलिङ्गी जोडीको विवाह दर्ता गर्न अधिकारीहरूले अस्वीकार गरेका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीले अदालतले विवाह दर्ता गर्न नमिल्ने निर्णय दिएका हुन्।

यसप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले असन्तुष्टि जनाएका छन्।

यसअघि सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी त्यस्ता विवाह दर्ता गर्न सरकारका नाममा आदेश दिएको थियो।

कमेन्ट गर्नुहोस्