काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै विरोध प्रर्दशनमा उत्रिएका छन् काठमाडौँको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले म्याद थपको माग गर्दे धना दिएका हुन ।
उनहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग समेत गरेका छन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले रोकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनिहरुले भनेका छन् ।