यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ १९ पैसा र बिक्री दर १४७ रुपैयाँ ८६पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १९ पैसा र बिक्री दर १७२ रुपैयाँ ७४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्