परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा आज भेटवार्ता भएको छ ।

थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गरे ।

भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्