उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैँछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरवारमा ११ बजेपछि बस्ने छ । बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ ।

सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्