काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।
काठमाडौंका प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको र त्यसको वरपर कसैलाइपनि जान नदिएको जानकारी दिए ।
नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोज टोली बोलाउने तयारी गरेको छ ।