नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बुधवारको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बुधवारको बैठक शुरु भएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक पनि कांग्रेसले लाइभ गरेको छ । कांग्रेस बैठक एक वर्षपछि हिजो मंगलबारबाट शुरु भएको हो । मंगलबारको बैठकमा पार्टी महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका थिए। थापाले अबउप्रान्त केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता बस्ने समयबद्ध तालिका नै प्रस्ताव गरे ।

त्यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत हुने १० वटा एजेण्डा प्रस्तुत गरेका थिए । उपसभापति पूर्ण बहादुर खड्का, नेता रमेश लेखक, आनन्दप्रसाद टुंगाना,गोपालमान श्रेष्ठ लगायतले बिभिन्न प्रतिवेदन पेश गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्