५० हजार जरिवाना गरेर महानगरले ५ लाखको विज्ञापन गरिदियो : अभिनेत्री मानन्धर

काठमाडौं । अभिनेत्री तथा चलचित्र र्निमात्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले जथाभाबी पोस्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएर आफ्नो चलचित्रको विज्ञापन गरिदिएको बताएकी छिन् ।

नेपाली चलचित्र बगानलाई मंगलबार काठमाडौं महानगरपालिकाले जथाभाबी पोस्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । जरिवाना तिराएर आफ्नो चलचित्रको विज्ञापन गरिदिएको मानन्धरले बताएकी छिन् ।

उनले आज सामाजिक सञ्चालमा एक स्ट्याटस लेख्दै भनेकी छिन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ।’ साथै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले नेपाली सिनेमालाई माया गर्ने समेत उल्लेख गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्