काठमाडौं । नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज विदाई भेट गरेका छन् ।
राजदूत अल–हइल प्रधानमन्त्री प्रचण्डलाई भेटन आज बिहान बालुवाटार पुगेका हुन् । भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा नेपाल र कतारबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।