एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न दिग्गज अमेरिकी कूटनीतिज्ञलाई आग्रहसमेत गरेका छन् । किसिङ्गर अहिले बेइजिङ भ्रमणमा छन् । यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनको भ्रमणपछि उनी यहाँ आएका हुन् ।
यस बाहेक वासिङ्टनका उच्च जलवायु दूत जोन केरीले पनि सम्बन्ध सुधार्न चीनको भ्रमण गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै वर्तमान राष्ट्रपति जो बाइडेनले पनि चीन विरुद्ध कडा नीतिहरू अपनाएका छन्, जसमा व्यापार र प्रविधि प्रतिबन्ध लगाउनुका साथै क्वाड र अकस जस्ता प्रभावशाली रणनीतिक समूहहरू गठन गर्ने समावेश छ।
अमेरिका, भारत, जापान र अष्ट्रेलिया समावेश छन् भने अकसमा अष्ट्रेलिया, अमेरिका र बेलायत समावेश छन्। यसबारे टिप्पणी गर्दै चीनले यी समूहहरूको उद्देश्य आफ्नो उदय रोक्नु रहेको बताएको छ । जसका कारण दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको छ ।
चीन भ्रमणमा रहेका अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्न जिनफिङले अस्वीकार गरेका छन तर उनी बेइजिङको डियाओयुताई स्टेट गेष्ट हाउसमा किसिङ्गरलाई भेट्न र चीन अमेरिका सम्बन्ध सुधार गर्नको लागि भने उनको सहयोग मागेका छन । कूटनीतिक सम्बन्ध स्थापना गर्न सन् १९७१ मा बेइजिङको आफ्नो पहिलो भ्रमणका क्रममा किसिङ्गरले यस अतिथि गृहमा चिनियाँ नेताहरूलाई भेटेका थिए। त्यसपछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन थिए ।
किसिङ्गरसँगको भेटमा जिनपिङले ५२ वर्षअघि चीन–अमेरिका सम्बन्धको नयाँ मोडमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से तुङ, प्रधानमन्त्री झोउ एनलाई, अमेरिकी राष्ट्रपति निक्सन र किसिङ्गरले उल्लेखनीय रणनीतिक दृष्टिकोणका साथ चीन र अमेरिकाले बीचमा सहयोगको सही विकल्प रोजेको थियो । चिनियाँ राष्ट्रपतिले भने, ‘यसले दुवै देशलाई मात्रै होइन, विश्वलाई नै परिवर्तन गरेको थियो ।’ एक सय वर्षीय किसिन्जर व्यक्तिगत भ्रमणमा चीन आएको अधिकारीहरूले बताएका छन् ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति जिनफिङले चीन र अमेरिकाले एकअर्काको सफलतालाई समर्थन गर्ने र साझा समृद्धि हासिल गर्ने हरेक कारण रहेको कुरा औंल्याएका छन । उनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र हितकारी साझेदारीको सिद्धान्तलाई अवलम्बन गर्न महत्वपूर्ण हुने बताए ।