मकवानपुर । बागमती गाउँपालिका वाइसीएल नेपालले बेबारिसे अवस्थामा छाडिएको साढे ३५ लाख बराबरको अवैध ५०० क्युफिट काठ बरामद गरेको छ ।
बा३ख ६९५१ नम्बरको टिपरमा हेटौडातर्फ लैजादै गरिएको काठसगित टिपरलई गाउँपालिका वडा न. ४ झुरझुरेमा गएराति ३ः०० बजे वाइसीएल गाउँपालिका अध्यक्ष मुक्ति लामाको टोलिले बरामद गरेको हो ।
वाइसीएलले काठसगित गाडी नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको लामाले जनाए ।
नियन्त्रणमा लिइएको काठसहित गाडी ईलाका प्रहरी कार्यलय फापरबारीलाई जिम्मा लगाइएको लमाले जनाए ।
काठ कसले कता लैजान लागेको हो भन्ने विषयमा कुनै जानकारी नआएको र जिम्मा लिन कोहि नआएपछि इप्रका फापरबारीका प्रमुख इन्स्पेक्टर कमल लुङ्गेलीलाई काठसहित टिपर जिम्मा लगाइएको अध्यक्ष लामाले जनाए ।
बरामद भएको काठ नेपाली अग्राख भएको र अहिले काठमाडौंमा त्यसको मूल्य साढे ३५ लाखसम्म पर्ने एक काठ व्यवसायीले जनाए ।