काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रीपरिषद्को सहमतीमा मन्त्रीस्तरीय निर्णयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २६ जना सह सचिवको सरुवा गरेका हुन ।
सरुवा हुने सहसचिव मध्ये निजामती किताब खानाका महानिर्देशक रहेका टोकराज पाण्डे अर्थमन्त्रालयमा सरुवा भएका छन् । बागमती प्रदेश श्रम रोजगार तथा समाजीक सुरक्षा मन्त्रालय बागमती प्रदेशमा रहेका आस्मान तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा गरिएको छ ।
यस्तै हुलाक विभागको महानिर्देशक इन्दु घिमिरेलालाई महिला बालबालिका जेष्ठ नागारिक मन्त्रालयमा सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रदेश सचिव भीष्म कुमार भुसालको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा भएको छ । तीर्थ राज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।
हेर्नुहोस सूची