सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक वेपत्ता

काठमाडौं। काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्