प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकम्याकअनबीच भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेपछि विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकसँग भेटवार्ता गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्