एमाले अध्यक्ष ओली नेपाल फिर्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । चुनाव अवलोकनका लागि कम्बोडिया पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङसहितका नेताहरूले स्वागत गरेका छन् ।

ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहित साउन २ मा कम्बोडिया गएका थिए ।

कमेन्ट गर्नुहोस्