समाजवादी मोर्चा देउवालाई जानकारी गराएर बनाएको खुलासा

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै बनाएको खुलासा गरेका छन् ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले सो कुराको खुलासा गरेका हुन् ।

बैठकमा उपसभापति खड्काले कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताए । उनले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि स्पष्ट पारे ।

उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको जानकारी दिए । गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको उनले बताए ।

उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताए। कांग्रेस केन्द्रिय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्