नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले पहिरो पन्छाउने क्रम सुरु गरिएको भन्दै पानी परिरहेकाले पहिरो पन्छाउन समय लाग्ने बताए ।

कमेन्ट गर्नुहोस्