भोक र खाद्य असुरक्षा विरुद्धको लडाइ अझ दृढतापूर्वक लड्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोक र खाद्य असुरक्षा विरुद्धको लडाइ अझ दृढतापूर्वक लड्नुपर्ने बताएका छन् । इटलीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनको दोस्रो दिन ‘खाद्य प्रणाली व्यवहारमा रूपान्तरणः सफलता, चुनौती र अगाडिको बाटो’ विषयमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाउँनुका साथै असमानता बढाएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।वर्तमान खाद्य प्रणालीले हरितगृह ग्याँस उत्सर्जन गर्नुका साथै जलवायुलाइ समेत बिगारेको उनले बताए ।

उनले भने-‘हामीले नसर्ने रोगहरूको बढ्दो घटनाहरूसँगै जनस्वास्थ्य बिग्रँदै गएको पनि देखेका छौं। तसर्थ, खाद्य प्रणालीको रूपान्तरणको हाम्रो प्रयासले यस्ता बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ।’

शिखर सम्मेलनले खाद्य असमानता हटाउँदै दिगो उत्पादन र उपभोगलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।

शिखर सम्मेलनले खाद्य प्रणाली र जीविको पार्जन सुधार गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र जीवनको गुणस्तर सुधार गर्न योगदान गर्ने बताए ।

उनले यस किसिमकका सम्मेलन र बहसले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणाली स्थापित गर्न मद्त गर्ने समेत उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्