खाद्य प्रणालीका संयोजक डा.जयकान्त राउत र भुटानका समकक्षी किन्ले छिरिङ्गबीच भेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपालका खाद्य प्रणालीका संयोजक डा जयकान्त राउतले भुटानका समकक्षी किन्ले छिरिङ्गसँग साइडलाइन छलफल गरेका छन् ।

छलफलका क्रममा नेपालले २०२१ मा सम्पन्न विश्व खाद्य प्रणाली सम्बन्धी सम्मेलन पश्चात हाल सम्म भएका प्रयास तथा प्रगतिका वारेमा कुराकानी भएको थियो भने भुटानका तर्फबाट पनि संयोजक छिरिङ्गले भुटानले पछिल्लो समयमा तर्जुमा गरी लागू गरेको खाद्य तथा पोषण नीतिका वारेमा जानकारी गराएका थिए ।

छलफलका दौरान भूटान र नेपालको भौगोलिक अवस्थिति र यसका कृषि उत्पादनका हिसावले धेरै समानता भएकोले र एक आपसमा व्यापारका साथै क्षमता विकासका हिसावले थुप्रै सहयोग आदान प्रदान हुनसक्ने निश्कर्ष छलफल पुगेको थियो ।

विश्वमा खाद्य प्रणालीको सुधार तथा रूपान्तरणका लागि अभियानका साथ अगाडी बढाउनुपर्ने भएकोले आआफ्ना देशमा तीनै तहका सरकारका निकायहरूबीच समन्वयात्मक हिसावले अगाडी बढनका लागि खाद्य प्रणाली समन्वय गर्ने दरिलो संरचनाको आवश्यकता रहेको कुरा दुवै पक्षले उठाएको थियो ।

करिब १ घण्टा चलेको उक्त छलफल कार्यक्रममा भुटानका तर्फवाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विज्ञ डा एम पि तिम्सिना र नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहालको पनि उपस्थिति थियो भने आमन्त्रितको रूपमा नेपाल र भूटानका लागि संयुक्तराष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रमुख केन सिमिजुको पनि सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्