फिलिपिन्समा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता

एजेन्सी । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा आज यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो । सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए ।”

“सो हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन,” तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने । यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उनले बताए । कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, “डुङ्गा हाम्रो अगाडि डुबेको थियो ।” दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका छ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए ।

कमेन्ट गर्नुहोस्