गणपूरक संख्या नपुगेपछि स्थगित भयो लेखा समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

आजका लागि बोलाइएको समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा बैठक स्थगित भएको हो ।

 

कमेन्ट गर्नुहोस्