मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपति पौडेलद्धारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केहि नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० लाई प्रमाणीकरण गरेका छन् ।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विद्येयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि बनेको सो विधेयक अब राजपत्रमा प्रकाशित हुनासाथ लागू हुनेछ।

कमेन्ट गर्नुहोस्