बिरामीको उपचार गरिरहेको भिडियो मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्नू

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

काउन्सिलका रजिस्ट्रार डा.कृष्णप्रसाद अधिकारीले भनेका छन् , कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ ।’

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिस्ट्रार डा. अधिकारीले भने , ‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’

सो नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्