पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गको तानसेन–बुटवल सडक खण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं–३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।
यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ । अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहदा सवारी आवागमनसंगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र त्यसमा सवार यात्रुहरु मारमा परेका छन् ।