प्रतिनिधिसभाको बैठक : सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिँदै, एमालेले अविरोध जारी राख्ने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ।आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउनेछन्।

दिउँसो १ बजे बस्ने तय भएको संसद बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइने भएको हो ।

यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ।

यसैबीच आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन प्रकरणलाई लिएर आजको बैठक पनि चल्न नदिने चेतावनी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगिएको एमालेले जनाएको छ।

एमाले संसदीय दलका उपनेता सुम्बास नेम्बाङले भने, ‘कुनै निष्कर्ष प्रधानमन्त्रीले अध्यक्षलाई दिनुभएन भन्ने जानकारी छ,संसद्को अवरोध यथावत् रहन्छ।’

त्रिभुवन विमानस्थलबाट बाहिरिएर नियन्त्रणमा लिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि एमालेले सरकार नै सुन तस्करीमा संलग्न रहेको भन्दै संसद बैठकमा अवरोध गर्दै आएको छ।

एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशसरण महतको राजीनामा मागिरहेको छ।

कमेन्ट गर्नुहोस्