एजेन्सी । रुसले मध्य युक्रेनी सहर क्रिभ रिहमा दुईवटा मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहारबाट कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको कीभले सोमबार बताएको छ ।
युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले चार तले विद्यालयको भवनमा आक्रमण भएको र नजिकैको आवासीय टावरको चौथोदेखि नवौं तलासम्मका केही भाग ध्वस्त भएको बताएका छन् ।
अन्तराष्टिय समाचार संस्था सिएनएनका अनुसार मानिसहरू भग्नावशेषमुनि फसेको हुन सक्ने बताइएको छ । उक्त घटनापछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्विटर मार्फत सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेको बताएका छन् ।