यस्तो देखियो तस्बिरमा माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज देखि शुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

अध्यक्ष प्रचण्डले बैठकको उद्घाटन गर्नुका साथै राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।

५ दिनसम्म चल्ने यो बैठकले पार्टीको संगठनात्मक तथा राजनीतिक दस्तावेज पारित गर्नुका साथै विधान महाधिवेशन र विशेष महाधिवेशनको मिति तय गर्ने छ ।

 

कमेन्ट गर्नुहोस्