काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर आज स्वदेश फर्किएको छ ।
बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी पुगेका थिए ।
स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए ।
अहिले नेपाली टिमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने पौडेलले बताए ।
श्रीलंकामा रहँदा नेपाली टिमले केही अभ्यास खेल पनि खेलेको थियो ।