को हुन् प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ ?

काठमाडौं । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

पर्सिबाट प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।

को हुन् श्रेष्ठ ?

डोटीको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतको रूपमा २०३८ सालबाट जिम्मेवारी सम्हालेका हुन् । सर्वोच्च अदालतको वेबसाइटमा राखिएको जानकारी अनुसार न्यायाधीश श्रेष्ठले २०४५ जेठ ३ गतेबाट दार्चुला जिल्ला अदालतमा न्यायाधीश, राजपत्रांकित द्वितीय श्रेणीको जिम्मेवारी सम्हालेका थिए ।

श्रेष्ठले सन् २०४८ सालमा न्यायिक सेवा तालिम केन्द्रमा सहायक प्रशिक्षण प्रमुखको भूमिका पनि निर्वाह गरेका छन् ।

०४९ साल चैत १ मा उपरजिस्टार बनेर सर्वोच्च प्रवेश गरेका श्रेष्ठ २०५० सालमा जिल्ला न्यायाधीश बनेर उदयपुर जिल्ला अदालतमा काम गरे । त्यसपछि उनले मकवानपुर, झापा, बाँके, काठमाडौंमा पनि जिल्ला न्यायाधीशको भूमिका निर्वाह गरे ।

न्यायाधीश श्रेष्ठले २०६२ सालमा पुनरावेदन अदालत बाग्लुङ र त्यसपछि पुनरावेदन अदालत पाटन, पोखरामा न्यायाधीशको रूपमा विभिन्न समयमा र कार्यवहाक मुख्य न्यायाधीशको रूपमा पोखरा तथा मुख्य न्यायाधीशको रूपमा हेटौँडा पुनरावेदन अदालतमा काम गरिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्