कास्की । ताराखोला गाउँपालिकामा आर्थीक बर्ष २०७९/८० मा लक्ष्य भन्दा ३५ प्रतिशत बढी राजश्ज संकलन भएको छ । गाउँपालिकाले आ ब ०७९/८० मा ५५ लाख बराबर राजश्व संकलन गर्ने लक्ष्य राखेको मा लक्ष्य भन्दा १९ लाख ३१ हजार भन्दा बढी राजश्व संकलन भएको आन्तरिक लेखा परिक्षक देविलाल सापकोटाले जानकारी दिएका छन् ।
विभिन्न शिर्षकबाट राजश्व संकलन गरेको पालिकाले सबै भन्दा बढी निकासी कर तर्फ स्लेट ढुङ्गा उधोगको प्रशोधन शुल्क बाट रु २१ लाख ९३ हजार ९ सय १८ रुपियाँ ३८ पैसा राजश्व संकलन गरेको हो । संकलित राजश्व मध्य ५ वटै वडाको सम्पत्ति कर बाट रु ३ लाख ६० हजार ९ सय ४८ रुपिया, भुमिकरकाट ९ लाख १९ हजार ७ सय ८१ रुपिया, घर जग्गा बहाल कर ९९ हजार ९ सय , मनोरञ्जन कर ५७ हजार ,व्यावसाय रजिष्ट्रेशन दर्ता शुल्क रु २ लाख ५६ हजार ५ सय ९० ,सिफारिस दस्तुर ७ लाख ७८ हजार २ सय ६५ , व्यक्तिगत घटना दर्ता दस्तुर देखी १ लाख २१ हजार ५ सय ,नाता प्रमाणित ५५ हजार ६ सय अन्य दस्तुर तथा शुल्क वोलपत्र विक्रि ,परिक्षा शुल्क , ल्याव शुल्क, सभाहल भाडा बाट रु ६ लाख ७४ हजार ३ सय ३७ रुपियाँ आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, निकासी कर तर्फ रु १ लाख ५५ हजार ,एम्बुलेस सञ्चालनमा १ लाख ६५ हजार ,जैविक कृषि बगैचा १ लाख ३५ हजार ५ सय ५९ रुपियाँ , वेरुजु दाखिला ६३ हजार , निजि जग्गामा सञ्चालित गरी जम्मा आम्दानी ७४ लाख ३१ हजार १ सय ९८ रुपिया ९६ पैसा राजश्व जम्मा भएको आन्तरिक लेखा परिक्षक देविलाल सापकोटाले जानकारी दिए ।
अनुमानित आन्तरिक राजश्व भन्दा ६ वर्ष भित्रकै उच्च राजश्व रु १९ लाख ३१ हजार १ सय ९८ रुपियाँ ९६ पैसा बढि संकलन भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।