काठमाडौं । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ । पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको उनले बताए ।
घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको उनले बताए । सूचना पाएपछि उद्धारकार्यमा खटिएको उनले जानकारी दिए ।
घाइते तीनजनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए ।