काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि शुरु भएको छ ।
गत बुधवार सुरु भएको बैठकमा शुक्रबारसम्म १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् ।
आज बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।