काठमाडौं । जुम्लाबाट निर्वाचित राप्रपाका सांसद ज्ञान बहादुर शाहीले चर्चा कमाउन कै लागि कुटनीतिक मर्यादा विपरित नेपाल स्थित भारतीय राजदूतावासलाई सांसदको लेटर प्याड प्रयोग गरी पत्र लेखेका छन् । उनले भारतको उत्तराखंडमा गएको पहिरोमा परेर हराएलाई खोजी र उद्धार गर्न माग गर्दै कूटनीतिक आचार संहिता २०७८ को उल्लघंन गर्दै भारतीय दुतावासलाई पत्राचार गरेका हुन् ।
नेपाल सरकारले यसअघि नै कुटनीतिक पहल गरेको विषयमा पत्र लेखेर सामाजिक संजालमा राख्नुले उनले चर्चाका लागि कुटनीतिक मर्यादा भुलेर पत्र लेखेरको कुरा पुष्टि हुन्छ । हिजो गएको पहिरोमा नेपाली परेको थाहा हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मार्फत बेपत्ता नागरिकहरुको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरेका थिए भने साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता समेत गरेका थिए ।
तर युटव मार्फत उदाएका शाहीले चर्चा कै लागि पत्र लेखेर कूटनीतिक अपरिपक्क समेत देखाएका छन् ।
कूटनीतिक आचार संहिता २०७८ को प्रस्तावना ६ का अनुसार नेपाल सरकारका तर्फबाट विदेशी नियोग, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय संघसंस्थाका आवासीय प्रतिनिधि वा कूटनीतिक पदाधिकारीसँग गरिने पत्राचार नेपाल सरकार कार्यविभाजन नियमावली र कार्य सम्पादन नियमावलीका अधीनमा रही परराष्ट्र मन्त्रालयमार्फत् गर्नुपर्नेछ हुन्छ ।
कूटनीतिक आचार संहिता २०७८ का अनुसार नेपाल सरकार वा नेपाल सरकारका विभिन्न निकायहरुले पत्राचार गर्दा नेपाल सरकार कार्यविभाजन नियमावली र कार्य सम्पादन नियमावलीबमोजिम परराष्ट्र मन्त्रालयको पूर्वसहमति आवश्यक पर्ने विषयमा पूर्व सहमतिसहित सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था छ तर सो भन्दा बाहिर गएर सरकारले पत्राचार र कुनीतिक पहल गरीसकेको अवस्थामा सस्तो खपतका लागि यसकिसिमको गतिविधि गर्नु कुटनीतिक रुपमा राम्रो नमानिने कुटनीतिका जानकारहरु बताउँछन् ।