काठमाडौं । संसद् अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक पुनः बसेको छ ।
सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका हुन् ।
सोमबार बिहान सभामुख घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक पुनः बस्ने गरी सकिएको थियो ।
बैठकमा तीन दलका संसदीय दलका प्रमुख सचेतकहरू पनि सहभागी भएका छन् ।