काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १० पैसा र बिक्रीदर १३२ रूपैयाँ ७०५ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६१ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा २९ रूपैयाँ ४७ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रूपैयाँ १३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ९८पैसा र बिक्रीदर २९ रूपैयाँ ११ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ४८ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४३ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९८ पैसा तोकिएको छ ।