फिफा महिला विश्वकप : क्वाटरफाइनलका खेल शुक्रबारदेखि

काठमाडौं । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेल शुक्रबारदेखि हुने भएको छ । हिजो क्वाटरफाइल समीकरण पूरा भएसँगै अन्तिम आठका खेल शुक्रबारदेखि हुन लागेको आयोजकले जनाइको हो ।

हिजो अन्तिम १६ को खेलमा फ्रान्स र कोलम्बिया क्वाटरफाइनल प्रवेश गरेसँगै अन्तिम ८ का टोलीको टुंगो लागेको हो ।क्वाटरफाइनलको पहिलो खेलमा शुक्रवार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । यस्तै सोही दिन दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।

यस्तै शनिवार दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्स तथा अपराह्न सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

३२ राष्ट्र सहभागी विश्वकपको फाइनल खेल अगस्ट २० मा अष्ट्रेलियामा हुनेछ ।

कमेन्ट गर्नुहोस्