संसद सञ्चानबारे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालन पूर्व तयारीका लागि बस्ने गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरमा सभामुख, विभिन्न दलका प्रमुख सचेतक, तथा सचेतकहरू सहितको बैठक बसिरहेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि ढिलोगरी सुरु भएको हो ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

कमेन्ट गर्नुहोस्