हटेन संसद्‍मा एमालेको अवरोध, सभामुखद्धारा शुक्रबारसम्मलाई बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध कायम राखेको छ।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

एमालेले उठेर नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेको अवरोधपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद खुलाउँन गरेका प्रयासहरूको असफल भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटकपटक वार्ता भए पनि संसद्मा एमालेको अवरोध हटेन।

तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको थियो।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्