उपराष्ट्रपतिको चीन भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो ।

‘चीनको कुनमिङ सहरमा २०८० साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन राष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्ने छ ।

उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उपराष्ट्रपतिको चीन भ्रमणमा केही उच्च सरकारी अधिकारीहरू सहभागी हुने छन् । उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्